TRENDING

एक हप्तादेखि अवरुद्ध त्रिभुुवन विश्वविद्यालयको वेबसाइट अझै खुलेन

काठमाण्डौ । विद्यार्थीलाई अनलाइनबाट शैक्षिण प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेको त्रिभुुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट एक हप्तादेखि अवरुद्ध भएको छ ।

गएको माघ १५ गते अनलाइन सेवाको शुरुवात भएलगत्तै वेबसाइट ह्याक भएर अवरुद्ध भएको हो । कमजोर सुरक्षा प्रणाली रहेको भन्दै कक्षा १२ मा पढ्ने एकजना विद्यार्थीले वेबसाइट ह्याक गरेको स्वीकार गरेका छन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सुरक्षासहितको वेबसाइट बनाउन लागिएको र आज भोलिमै सञ्चालनमा आउने बताएको छ । वेबसाइट सञ्चालनमा आएपछि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट शुरु हुने त्रिविको भनाइ छ ।

अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोनमार्फत् विद्यार्थीलाई जानकारी दिइने र त्यसअनुसार फेरि आवेदन दिनुपर्ने विश्वविद्यालयले जनाएको छ ।