TRENDING

डेढ किलो सुन सहित १ करोड रुपैयाँ बरामद

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र कम्तिमा १ करोड रुपैयाँ बरामद गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित काठमाडौंको इन्द्रचोकबाट ७ जनालाई पक्राउ गरेको कार्यालय स्रोतले जानकारी दियो।

प्रहरीले बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ।