TRENDING

इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने

एजेन्सी । इजरायलको मन्त्रिपरिषद्ले देशमा अल जजिरा नेटवर्कको कामकाजमा प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ।
गत महिना इजरायलको संसदले सरकारलाई राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी टिभी नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको थियो।

प्रतिबन्धअन्तर्गत इजरायलभित्र अल जजिराका कार्यालयहरू बन्द गरिनेछ, प्रसारण उपकरणहरू जफत गरिनेछ र च्यानललाई उपग्रह र केबल कम्पनीहरूबाट काटिनेछ। यसबाहेक अल जजिरा च्यानलको वेबसाइटलाई पनि देशमा प्रतिबन्ध लगाइनेछ।

इजरायली सरकारले लामो समयदेखि अल जजिरा च्यानललाई इजरायल विरोधी गतिविधि गरेको आरोप लगाउँदै आएको छ।

अल जजिरा च्यानलमा कतार सरकारको हिस्सेदारी छ। अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि अल जजिरा च्यानलमा इजरायलको कडा आलोचना हुँदै आएको थियो।