TRENDING

भारतमा लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु

एजेन्सी  । भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान सुरु भएको हो ।

तेस्रो चरणअन्तर्गत आज भइरहेको निर्वाचनमा ११ राज्य र केन्द्र शासित क्षेत्र समेत ९३ सिटका लागि मतदान भइरहेको छ । तेस्रो चरणमा कुल एक दशमलव ८५ लाख मतदान केन्द्रमा १७ दशमलव २४ करोड मतदाताले मतदान गर्दै छन् । यसमा आठ दशमलव ८५ करोड पुरुष र ८ दशमलव ३९ करोड महिला मतदाता रहेका छन् ।

गृहमन्त्री अमित शाह, स्वास्थ्यमन्त्री मनसुख मंडाविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपाला समेत केही मन्त्रीको आजको निर्वाचनले भाग्य फैसला गर्नेछ । गुजरातको सुरतमा भने भाजपाका प्रत्यासी निर्विरोध निर्वाचित भएका छन् । आज मतदान भइरहेका राज्यमा असम, विहार,छत्तीस–गढ, गोवा, गुजराज, कर्नाटक, मध्यप्रदेश, महाराष्ट्र, उत्तरप्रदेश, पश्चिम बंगाल, दादर नगर हवेली तथा दमन दीप रहेका छन् ।