TRENDING

३२ हजार कित्तासम्म आवेदन दिन पाइने गरि भोलिदेखि आउँदैछ नयाँ आईपीओ, कहिलेसम्म दिने ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि असार २४ गतेबाट सर्वसाधारणहरुको लागि धितोपत्रको सार्वजनिक निष्काशन साधारण शेयर (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

उक्त शेयर कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखिअधिकतम ३२ हजार २५० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस दिनसम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ । कम्पनीको साधारण शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।