TRENDING

जन्मजात मुटुरोग भएका बालबालिकामा कुपोषणको जोखिम

जन्मजात मुटुरोग लागेका बालबालिकामा कुपोषण हुने भय हुन्छ । जन्मजात मुटुरोग लागेकामध्ये १५ प्रतिशतदेखि ६४ प्रतिशत बालबालिकामा पोषणको कमी हुनसक्छ ।

मुटुले पम्प गरेपछि मात्र शरीरको आवश्यक अंकमा रगत प्रवाह हुन्छ । जसले गर्दा अन्य अंग पनि राम्ररी काम गर्न सक्छन् । तर जन्मजात मुटुरोग हुने बच्चाको मुटुको कार्य प्रणाली कमजोर हुन्छ ।

यस्तोमा मुटुले राम्रोसँग रगत पम्प गर्न सक्दैन । पम्प नहुँदा पाचन प्रणाली कमजोर भई खानेकुरा ग्रहण गर्ने क्षमता कमजोर हुन्छ । एकैपटक उनीहरू धेरै खान सक्दैनन् । उनीहरूलाई अलिकति खाने र पिउने बित्तिकै सास फेर्न नसक्ने र स्वाँस्वाँ हुन थाल्छ ।

फलस्वरुप सामान्य तौल भएकै जन्मिए पनि पहिलो महिनाबाटै पोषणको कमी हुनसक्छ । पोषणको कमी भएपछि शारीरिक वृद्धि विकासमा प्रभाव पार्छ ।

उनीहरूलाई सामान्य बच्चाको तुलनामा बढी ऊर्जा आवश्यक हुन्छ । तर उनीहरूले खाने खानाबाट मात्रै उचित मात्रामा क्यालोरी उपभोग गर्न सक्दैनन् । यस्तोमा उनीहरूको खानपिनमा ध्यान दिनुपर्छ । कसैलाई त सप्लिमेन्ट पनि आवश्यक पर्छ ।

उमेरअनुसार पोषण

६ वर्षमुनिका बालबालिका

जन्मजात मुटुरोग लागेका ६ वर्षमुनिका बालबालिकालाई दिनको आठ पटक जति स्तनपान गराउनुपर्छ । दिन होस् वा रात, उनीहरूले चाहेको बेलामा स्तनपान गराउनु सबैभन्दा उपयुक्त समय हो । तर खान मन नगर्दा जबर्जस्ती खुवाउनु हुँदैन । किनभने उनीहरूको पाचन क्षमता कमजोर हुन्छ । जसकारण बान्ता गर्न सक्छन् ।

यस्ता शिशुलाई भिटामिन डी, आइरन, मल्टी भिटामिन सप्लिमेन्टको रूपमा दिनुपर्ने हुन्छ । क्यालोरी बढाउन ह्युमन मिल्क सर्टिफाइड र एमसिटी अयल पनि दूधमा मिसाएर दिइन्छ ।

यो पनि पढ्नुहोस
बच्चामा देखिने निलो नहुने जन्मजात मुटुरोग के हो रु
६ देखि १२ महिनाका शिशु

६ महिनामाथिको बच्चालाई भरपुर पोषणको आवश्यक हुन्छ । त्यसकारण दिनको तीन पटक ठोस खानेकुरा र पाँच पटक स्तनपान गराउनुपर्छ । उनीहरूले सूक्ष्म पोषक तत्त्व भएको ठोस कुरा खाएनन् भने सप्लिमेन्ट दिनुपर्छ । बजारमा विभिन्न खालका पोषणले भरिएको केरा, मेवा, सुन्तला र अनार जस्ता फलफूलको सप्लिमेन्ट पाइन्छ । यस्ता सप्लिमेन्ट दूधमा मिसाएर पनि दिन सकिन्छ ।

१२ महिनादेखि दुई वर्षसम्मका बालबालिका

दुई वर्षसम्म बच्चाले जतिबेला चाहन्छन् त्यतिबेला स्तनपान गराउनुपर्छ । ठोस खानेकुरा लिटो, जाउलो, खाना, गेडागुडी जस्ता पोषक ठोस खानेकुरा तीनदेखि पाँच पटक एकदेखि आधा कचौरा खुवाउनुपर्छ ।

यसबाहेक फलफूल खुवाउनमा पनि जोड दिनुपर्छ । उनीहरूलाई थोरै दिने तर पटक(पटक दिने गर्नुपर्छ । ताकि उनीहरूलाई पोषण पुगी शरीरले राम्रोसँग आफ्नो काम गर्न सकोस् ।

दुई वर्षमाथिका बालबालिका

वयस्कले खाने खाना दुई वर्षमाथिका बालबालिकालाई तीन पटक गरी खुवाउनुपर्छ । यो बीचमा खाजामा पुवा, केक र फलफूल दिनु उपयुक्त हुन्छ । उनीहरूलाई क्यालोरी पुग्ने खालका खानेकुरा प्रोटिन, बोसोजन्य खानेकुरा, कार्बोहाइड्रेट र सूक्ष्म पोषक तत्त्व भरपुर खान दिनुपर्छ ।

क्यालोरी

हामीले खाने खानेकुराबाट क्यालोरी प्राप्त हुन्छ । सामान्यतया कति क्यालोरी शक्ति चाहिन्छ भन्ने कुरा मान्छेको उमेर, उसले गर्ने कामको प्रकृति र अन्य विभिन्न पक्षमा समेत निर्भर गर्छ ।

वयस्कलाई भन्दा बच्चालाई बढी क्यालोरीको आवश्यकता पर्छ । किनकि उनीहरुले छिटो छिटो ऊर्जा खर्च गर्छन् । मुटुरोग लागेकालाई सामान्य बालबालिकालाई भन्दा थप क्यालोरी चाहिन्छ । क्यालोरी खानेकुराबाट प्राप्त हुन्छ । यी बालबालिका एकपटकमा चाहिएको मात्रामा क्यालोरी लिन सक्दैनन् । जसकारण थोरै मात्रामा तर दिनमा पटक(पटक खुवाउनुपर्छ ।

प्रोटिन

शारीरिक तथा बौद्धिक विकासका लागि पर्याप्त प्रोटिन आवश्यक छ । विशेषगरी जन्मजात मुटुरोग भएका बालबालिकामा प्रोटिनका स्रोतहरुमा मासु, माछा, अण्डा, दूध, दही, बिरुवामा आधारित ९दाल, गेडागुडी, मटर, सोयाबिन० पर्छन् । यी तत्त्व दिनहुँजस्तो खुवाउनुपर्छ ।

बोसोजन्य पदार्थ

फ्याट भएका खानाले क्यालोरी बढाउने र दिमागको वृद्धि गराउने भएकाले खानामा यसको प्रयोग समावेश गर्न जरुरी हुन्छ ।

खानामा राम्रो फ्याट धेरै तर ट्रान्स फ्याट कम गर्नुपर्छ । बदाम, ओखर, एभोकाडो र जैतुन तेल राम्रो फ्याटका स्रोत हुन् भने प्रशोधित र प्याकेटको खानामा ९जस्तै चाउचाउ, चिप्स, चीज बल, दालमोठ, चकलेट० ट्रान्सफ्याट हुन्छ ।

कार्बोहाइड्रेट

दिगो ऊर्जाको लागि होल ग्रेन, फलफूल र तरकारी जस्ता कार्बोहाइड्रेट पाइने खानेकुरामा जोड दिनुपर्छ ।

तरल पदार्थ

शरीरलाई उचित मात्रामा पानी चाहिन्छ । तर केही जन्मजात मुटुरोगका बिरामीलाई तरल पदार्थ नपुग्न सक्छ । निलो हुने मुटुरोगमा पर्याप्त मात्रामा पानी तथा झोलिलो पदार्थ खानुपर्छ । सबैभन्दा बढी ज्वरो आएको, पखाला लागेको र धेरै गर्मीको मौसममा पर्छ ।

सोडियम ९नुन० नियन्त्रण

जन्मजात मुटुरोग भएका व्यक्तिमा नुनको मात्रामा पनि ध्यान दिनुपर्छ । यस्ता व्यक्तिले नुन धेरै खाएमा शरीरमा पानीको मात्रा उच्च हुने र यसले मुटुमा हानि गर्न सक्छ । त्यसका लागि प्रशोधित खानेकुरा कम गर्नुपर्छ, साथै खानामा अत्यधिक मात्रामा नुनको प्रयोग गर्नुहुँदैन ।

सूक्ष्म पोषक तत्व

समग्र स्वास्थ्य र शारीरिक विकासका लागि क्याल्सियम, भिटामिन डी, आइरन जस्ता भिटामिन र खनिजको पर्याप्त प्रयोग गर्नुपर्छ ।

कुपोषणका लक्षणहरू समयमै पत्ता लगाएर त्यसको उपचार गर्न सकेमा कुपोषणबाट हुने दीर्घकालीन हानि नोक्सानीबाट शिशुलाई जोगाउन सकिन्छ । अनलाइन खबरबाट साभार