TRENDING

त्रिविद्वारा स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चाएर पुनः सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय ९पनिका० ले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । यसअघि सार्वजनिक गरेको परीक्षा तालिकामा त्रुटि भेटिएपछि पनिकाले सच्याएर तालिका पुनः सार्वजनिक गरेको हो ।

यसअघि शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार चैत २८ गतेदेखि हुने भनिएको परीक्षामा चैत ३१ गते पनि परीक्षा राखिएको थियो । जबकि चैत महिना ३० गतेसम्म मात्रै छ । त्रुटिपूर्ण तालिकाबारे विरोध सुरु भएपछि पनिकाले आफ्नो वेबसाइटबाट हटाएको थियो ।

आज पुनः तालिका सच्याएर सार्वजनिक गरेको हो । यसअघि चैत ३१ गतेका लागि राखिएको माईक्रोईक्नोमिक्स फर बिजनेस विषयको परीक्षा अब २०८१ वैशाख २ गते हुनेछ ।