TRENDING

त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्न पत्रहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।

यसअघि त्रिविमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने पर्ने माग हुँदै आएको थियो ।