TRENDING

तपाईको मोबाइल हरायो ः अब गूगलले भेटाइदिनेछ तपाईको फोन

लामो प्रतिक्षापछि गुगलले अन्ततः ‘फाइन्ड माई डिभाइस नेटवर्क’ शुरु गरेको छ । गत वर्ष गुगलले ‘फाइन्ड माई डिभाइस नेटवर्क’ घोषणा गरेको थियो र त्यसबेलादेखि यसको निरन्तर परीक्षण गरिरहेको थियो । गत हप्ताको एक रिपोर्टमा ‘फाइन्ड माई डिभाइस’ नेटवर्क चाँडै रिलिज हुने बताइएको थियो ।
फाइन्ड माई डिभाइस नेटवर्कले एप्पलको फाइन्ड माई एप जस्तै काम गर्नेछ । जसको मद्दतले मोबाइलबाहेक अन्य स्मार्ट ग्याजेटहरू पनि ट्र्याक गर्न सकिन्छ ।

गुगलले आफ्नो एक ब्लग मार्फत ‘फाइन्ड माई डिभाइस नेटवर्क’ को शुरुवातको बारेमा जानकारी दिएको छ । गुगल फाइन्ड माई डिभाइस नेटवर्क अमेरिका र क्यानडाबाट सुरु भएको छ र यसको अपडेट अन्य देशहरूमा पनि जारी भइरहेको छ ।

गुगलले ब्लगमा फाइन्ड माई डिभाइस नेटवर्कको मद्दतले आफ्नो एन्ड्रोइड उपकरण सजिलै र सुरक्षित रूपमा पत्ता लगाउन सकिने बताएको छ ।

सामान्यतया सबैभन्दा ठूलो समस्या उपकरणको अफलाइन मोडमा हुन्छ । गुगलले फाइन्ड माई डिभाइस नेटवर्क मार्फत यो समस्या समाधान गरेको बताएको छ ।

गुगलले फाइन्ड माई डिभाइस नेटवर्कमा जडान भएको डिभाइस ट्र्याक गर्नका लागि उक्त डिभाइस इन्टरनेटमा जडान हुनु आवश्यक नरहेको बताएको छ ।