TRENDING

सामाजिक सुरक्षा कोषमा सूचिकृत श्रमिकले जुनसुकै टिभी ल्याउँदा भन्सार नलाग्ने

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा सूचिकृत श्रमिकले विदेशबाट जुनसुकै आकार वा प्रकारको टेलिभिजन ल्याएमा भन्सार छुटको व्यवस्था गरेको छ ।

सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा लगातार १२ महिना काम गरेर फर्किने नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको भएमा जुनसुकै आकार वा प्रकारको टेलिभिजनमा पनि भन्सार छुटको व्यवस्था गरेको गरेको हो ।

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकले वैदेशिक रोजगारीबाट फर्कँदा जुनसुकै प्रकारको र जत्रो सुकै आकारको टेलिभिजन पनि साथमा ल्याउन पाउँछन् । विमानस्थलमा भन्सार शुल्क तिर्न पर्दैन ।

यस्तै श्रम स्वीकृति लिएर गएका श्रमिक विदेशमा लगातार १२ महिनासम्म काम गरेर फर्कँदा सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको भए पनि ३२ इन्चसम्मको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्न पर्दैन ।