TRENDING

वेस्ट इन्डिज एु ले टस जित्यो, नेपाललाई बलिङको निम्तो

काठमाण्डौ । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो टी–२० क्रिकेटमा नेपालले टस हारेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले अहिले बलिङ गरिरहेको छ ।

आज नेपालको नेतृत्व नियमित कप्तान रोहितकुमार पौडेलले नै गरिरहेका छन् । हिजो तेस्रो खेलमा दीपेन्द्रसिंह ऐरीले नेपालको नेतृत्व गरेका थिए । आज नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, प्रतिस जिसी, सोमपाल कामी, अभिनाश बोहरा र ललित राजवंशी छन् ।

पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ २–१ ले अघि छ । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रन र हिजो भएको तेस्रो खेलमा ७६ रनले हराएको थियो । शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल पर्सि शनिवार हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।