TRENDING

नेपाललाई चाहियो समावेशी र सन्तुलित फिनटेक

अहिले वित्तीय कारोबार प्रविधिमय भएको छ । हरेक किसिमका भुक्तानी मोबाइलबाटै सम्भव भएको छ । इन्टरनेटको व्यापकतासँगै स्मार्टफोनमा आएको प्रविधिको नवप्रवर्तन इन्नोभेसन ले संसार हाम्रो मुट्ठीमा छ । हाम्रो दैनिकीमा प्रविधिले सहजता यसरी गरेको छ कि यसमा केहीबेरको अवरुद्ध हुने कल्पना पनि हाम्रो मानसपटलमा आउन सक्दैन ।

पैसा बोकेर हिंड्नु नपर्ने जमाना आइसकेको छ । होटलमा बस्दा, रेस्टुराँमा खाना खाँदा क्यूआर कोडबाट पैसा तिरे भयो । हिंडडुल गर्न इनड्राइभ र पठाओ चढे भो । पैसा तिर्न मोबाइल बैंकिङ र क्यूआर छँदैछ । हवाई यात्रा, सामान खरीद, पैसा पठाउन, पाउन र तिर्न सबैतिर मोबाइल उठायो, तिर्‍यो ।

यसरी हेर्दा त वित्तीय सेवामा प्रविधि त नेपालमा पूर्ण रूपमा लागू लिभरेज भयो भन्ने लाग्छ । तर, पत्यार नलाग्ला प्रविधिमैत्री वित्तीय सेवा फिनटेक को पूर्ण स्वरूप त अझ आउन बाँकी नै छ । यसले आफ्नो आकारको पूर्णता अझै पाउन सकेको छैन ।

भुक्तानी र रकमान्तर मात्रै फिनटेक होइन

नेपालको फिनटेकको विस्तृत सञ्जाल इकोसिस्टम मा भुक्तानी र रकमान्तरले मात्र आधिपत्य जमाएको वेला सर्वसाधारणको बुझाइ भुक्तानी अर्थात् पेमेन्ट र रकमान्तर अर्थात् ट्रान्सफर नै फिनटेक भएको देखिन्छ । वित्तीय सेवाग्राहीलाई मोबाइल वा इन्टरनेट बैंकिङ नै डिजिटल बैंकिङमा सम्पूर्ण कुरा भएको अर्धज्ञान कालान्तरमा निकै प्रत्युत्पादक हुने देखिन्छ । बैंक र वित्तीय संस्थामा काम गर्ने अधिकांश कर्मचारीमा अझै फिनटेकको अवधारणा पेमेन्ट र ट्रान्सफर नै हो भन्ने छ । यसले गर्दा फिनटेकमा वित्तीय सेवाहरूको पूर्ण रूपमा विस्तार गर्न सकिएको छैन ।

फिनटेकमा ग्राहकलाई समावेश अनबोर्डिङ को प्रक्रिया भुक्तानी र रकमान्तरमा मात्र खुम्चिएको वेला लगानी, कर्जा प्रवाह, विप्रेषण, व्यक्तिगत वित्तीय व्यवस्थापन, प्रविधिमा आधारित नियमन रेगटेग, प्रविधिमा आधारित सुपरीवेक्षण (सुपटेक), प्रविधिमा आधारित बीमा (इन्सुरटेक) मल्टिपल एपीआईको अवधारणामा केन्द्रित ओपन बैंकिङ र ओपन फाइनान्स, अन्य वैकल्पिक वित्तीय साधनहरू लगायत बायोमेट्रिक र सुरक्षा सम्बन्धी उपकरणमा पनि वित्तीय सेवामा प्रविधिको प्रयोग त प्रभाव पर्ने गरी भएकै छैन ।

फिनटेकको पृष्ठभूमि

वित्तीय प्रविधिका विकासक्रममा नै आफ्नो अनुसन्धानात्मक कृति इभोलुशन अफ फिनटेक – अ न्यू पोस्ट क्राइसिस पाराडाइम मार्फत टिप्पणी गरेका आर्नर, बार्बारिस र बक्लेको भनाइमा फिनेटक १, २ र ३ चरण हुँदै अहिले ३।५ सम्मको युगमा प्रवेश गरेको छ । यसमा फिनटेकको सन् १८६६ देखि सन् १९६७ को पहिलो चरणको अवधिमा एनालग, ट्रान्सएटलान्टिक केवलको विकास सहित वित्तीय भूमण्डलीकरण ग्लोबलाइजेशन लाई जोड दिइएको थियो ।

त्यस्तै, दोस्रो चरण सन् १९६७ देखि सन् २००८ को अवधिमा एनालगलाई डिजिटल प्रविधिले विस्तारपन, एटीएम र टेलेक्स मेशिनको विकास भएको थियो । फिनटेकको तेस्रो युग सन् २००८ देखि सुरु भएको उल्लेख गर्दै लेखकहरूले सन् २००८ को विश्वव्यापी वित्तीय संकटसँगै विकसित देशहरूमा स्टार्टमा आएको वृद्धिबाट फिनटेकको नवप्रवर्तन युग सुरु भएको बताएका छन् जसमा मोबाइल सञ्चारको व्यापक विकाससँगै मशिन अल्गोरिदम, आर्टिफिसिएल इन्टिलेजेन्स, डेटा एनालिटिक्स, रोबो एडभाइजिङ जस्ता प्रविधि विद्यमान फिनटेक सञ्जालमा प्रयोगमा आइरहेको छ ।

त्यस्तै, बेलायती लेखक, ब्लगर तथा फिनटेक वक्ता क्रिस स्किनरका अनुसार सन् २००० यता प्रविधिमय वित्तीय सेवा ९फिनटेक० आफ्नो चौथो चरणको यात्रामा छ । उनका अनुसार सन् २००५ र २०१४ को अवधिलाई डिस्रप्सन, सन् २०१४ देखि २०१७ को अवधिलाई बृहत् छलफल अर्थात् डिस्कसन, सन् २०१७ देखि २०२२ को अवधिलाई साझेदारी, सन् २०२२ देखि २०२७ को अवधिलाई एकीकरण अर्थात् इन्ट्रिगेशन र सन् २०२७ को अवधिदेखि नवीकरणीयस्तरमा फिनटेक हुनेछ ।

अटोमेशन र इन्ट्रिगेशन पनि जरूरी

फिनटेकको विस्तारमा नियामकीय भूमिका र बजारको तयारी हुनुपर्ने आवश्यकतासँगै यसका विकासक्रमका महत्वपूर्ण पाटोहरूलाई पनि बुझ्नुपर्ने हुन्छ । डिजिटाइजेशन, अटोमेशन र इन्टिग्रेशनको संयोजन फिनटेक वस्तुहरूको निर्माण र प्रभावकारी कार्यान्वयनका पाटोहरूमा अत्यावश्यक भएतापनि नेपालको उदीयमान फिनटेक सञ्जालमा डिजिटाइजेशन केन्द्रित कामकारबाही बढी भएको देखिन्छ ।

जस्तो कि फिनटेकमा कर्जालाई नै कार्यान्वयन गर्दा केवल डिजिटाइजेशन अर्थात् सिस्टम, प्रोसेस, मोबाइल बैंकिङ, इन्टरनेटको उपलब्धता आदि मात्र ध्यान दिइएको हुन्छ । जबकि, डिजिटल माध्यमबाट सेवाहरू प्रवाह हुने सरोकारवालाहरूको प्रविधिलाई अँगाल्ने तयारी, तत्परता, दक्ष जनशक्ति, पूर्वाधार जस्ता आधारभूत पक्षहरूको स्वचालन अटोमेशन हुनुपर्छ । र, सरोकारवालाहरूको परिपूरक ढंगले सेवा आदानप्रदान गर्न आवश्यक पर्ने आबद्धता इन्टिग्रेशन को कार्यमा भने बेवास्ता हुने गरेकोले फिनटेक सञ्जालमा वित्तीय सेवाहरू पूर्ण रूपमा परिचालित हुनसकेको छैन ।

अबको युग भनेको डेटामा आधारित युग हो । ग्राहकहरूको डेटामा आधारित भएर नै इ(कमर्सले आफ्नो गति लिएको छ । वित्तीय सेवाको विकसित रूप र भविष्य पनि डेटामा नै रहेकोले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस ९एपीआई० को प्रयोग गरेर नियमनको दायरामा हुने वित्तीय कारोबारका सरोकारवालाहरूसँग ओपन बैंकिङको विस्तार हुन जरूरी देखिन्छ । यो समयको माग हो ।

नियमनको दायरा बाहिर रहेका गैरबैंकिङ वित्तीय कारोबारका अन्य उपक्रमहरूलाई समेत समेट्ने गरी ओपन फाइनान्सको डिजिटल प्रविधिको अर्को विकसित रूप हो । त्यस्तै, इमेल, सामाजिक सञ्जाल, दूरसञ्चार कम्पनी, व्यक्ति वा समूहका दैनिकीसँग सम्बन्धित अन्य जानकारीहरू संकलित ९डेटा एग्रिगेट० गरी त्यसको आधारमा पनि वित्तीय कारोबार निर्भर हुने ओपन डेटाको संसारलाई त प्रयोग ९लिभरेज० गर्ने अवसर त झन् छँदैछ । एपीआईमा आधारित बैंकिङको व्यापक अनुप्रयोगबाट इ(कमर्सको दायरा विस्तार गरी डिजिटल अर्थतन्त्रतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता छ ।

किन नेपालमा फिनटेक एकांकी

बजारमा फिनटेक संयन्त्रको गुणस्तरीय विकास, विस्तार र अनुप्रयोगमा विश्वसनीयता ल्याउन फिनटेक सेवा, प्रविधिहरूको परीक्षणका लागि रेगुलेटरी स्याण्डबक्स र इन्नोभेसन हब सम्बन्धी अध्ययन कार्य सम्पन्न भएको देखिन्छ । यसले नवप्रवर्तनलाई वित्तीय सेवामा समाहित गर्न मद्दत पुर्‍याउनुका साथै नियामकीय अप्ठ्याराहरू पनि सम्बोधन गर्न सक्ने देखिन्छ
एलेक्स कोंगले सन् २०१६ मा प्रकाशित गरेको नेपालमा फिनटेकको अवस्था नामक लेखका अनुसार नेपालमा वित्तीय प्रविधि विप्रेषण सेवा, बैंकिङ प्लेटर्फम र मोबाइल फोनमा आधारित मात्र रहेको बताएका थिए । हुन पनि फिनटेकको दायरा अझै विस्तार हुनसकेको छैन । सन् २०२३ सम्म आउँदा लगानी, कर्जाका जस्ता आधारभूत वित्तीय सेवाहरू अझै पनि आफ्नो पूर्णताका साथ फिनटेकमा आउन सकेका छैनन् ।

डिजिटल प्लेटर्फममा लगानी गर्ने विकल्पहरू देखिन्नन् । शेयर कारोबारका लागि नेप्सेको टिएमएसमा कारोबार गर्नेबाहेक अन्य डिजिटल माध्यमको लगानी शून्य नै छ । कमोडिटी मार्केटमा अनलाइन लगानीमा पनि खासै रुचि नदेखिएको र त्यसतर्फ प्रयोगकर्ताहरू पनि आकषिर्त नरहेको देखिन्छ । यसका लागि क्राउडफन्डिङ र पियर टु पियर लेन्डिङ जस्ता वैकल्पिक लगानीका डिजिटल माध्यमहरू आउनुपर्छ । प्रविधिमय वित्तीय सेवाको विस्तारमा नीति र नियमन अहिले पनि बामे सर्दै गरेको अवस्था छ ।

यस अर्थमा विद्यमान कानुन र सीमित नियामकीय व्यवस्थाले गर्दा कर्जा प्रवाह धितो केन्द्रित नै छ । धितोमा आधारित कर्जा विस्तारबाट उत्पादनमूलक क्षेत्रलाई बढावा दिन परियोजनामा आधारित र बिजनेस भ्यालुलाई आधार मानी कर्जा लगानी हुन त बाँकी नै छ । धितोमा आधारित कर्जाको अत्यधिकताले गर्दा उद्योग, व्यवसायीहरू धितो जोहो गर्नतर्फ र धितोबाट नै रातारात कमाउनतिर उद्यत हुँदा घरजग्गाको भाउ अस्वाभाविक रूपले बढ्न गएको हो ।