TRENDING

धादिङको सांकोष तिप्लिङ सडक प्रदेशले सम्पन्न गर्छ ः मुख्यमन्त्री जम्कट्टेल

धादिङ । धादिङको सांकोष तिप्लिङ सडक प्रदेश सरकारले नै बनाउने बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभएको छ ।

यसैपालीबाट वहुवर्षे आयोजना स्वीकृत गरेर प्रदेश सरकारले सांकोष तिप्लिङ सडक बनाउँछ ।’ जिल्ला खेलकुद विकास समिति धादिङको नवनिर्मित भवन उद्धघाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताउनुभएको हो । ‘संघिय सरकारले जति बनायो, अब बनाउदैन बागमती प्रदेश सरकारले नै बनाउने हो । लामो समयदेखि संघिय सरकारले निर्माण शुरु गरेको सडकको जिम्मा अब प्रदेश सरकारले लिने बताउनुभएको हो ।

सांकोष तिप्लिङ जोड्ने दामन पाख्रिन मार्गले चिनिएको यो सडक उत्तरी धादिङलाई जोड्ने मूख्य मार्ग हो । उहाँले भन्नुभयो,– ‘पूर्वाधार कार्यालयलाई भनेको छु । कात्तिकसम्म सबै वहु वर्षे आयोजनाहरु स्वीकृत गरेर टण्डरमा लगिसक्नुपर्छ । हामीले निर्णय नै गरेका छां । चैत बैशाखसम्म पु¥याउने प्रवृत्ति रोक्नु पर्छ । मन्त्रालयले पनि सबै कार्यालयलाई पत्राचार गरि सकेको छ । अब वहु वर्षे आयोजनाहरु समयमै शुरु हुन्छ ।’

१०/२० लाखको टुक्रे योजनामा अब प्रदेश सरकारले बजेट नहाल्ने उहाँको भनाई थियो । टुक्रे योजनामा बजेट हाल्ने यो नै अन्तिम वर्ष हो । अहिले पनि हामीले २० लाख भन्दा कमका योजनामा वजेट हालेका छैनौं । उहाँले भन्नुभयो,– ‘प्रदेश सरकार प्रादेशिक सडक गुरुयोजना बनाउदै छ । बागमती सरकारले ३५ वटा सडक बनाउने तयारीमा छ ।

सडक सञ्जाल सहज नभएकै कारण उत्तरी धादिङमा पालिका र वडा तहका वजेट सदुपयोग हुन सकेको छैन । जिल्ला सदरमुकाम धादिङवेशीदेखि चिनको सिमाना तिप्लिङसम्म जोड्ने सडक छिटो सुधार गर्न आवश्यक छ । त्यसैले पहिलो प्राथमिकता सांकोष तिप्लिङ सडकलाई राखेर काम अगाडी बढाउँछौं ।’

त्यसैगरी, उत्तरी धादिङकै किन्ताङफेदीको पुल पनि बागमती सरकारले बनाउने मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । बेली ब्रिज बनाउने कुरा छ । यति बनेन भने बागमती सरकारले पक्की पुल निर्माण गर्ने उनले बताए । बागमती प्रदेश सरकारले कृषि, गृहणी महिला, युवा लगायतका क्षेत्रमा नयाँ कार्यक्रमहरु ल्याएका छन् । धादिङमा पनि लागु गरौं । समृद्ध धादिङ, समृद्ध बागमती प्रदेश बनाउदै सबैको पहलले समृद्ध मुलुक बनाउन बनाउन सकिने उहाँको भनाई छ ।