काठमाडौं । सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ । यस गीतमा गायिका ममता गुरुङ र गायक एवं गीतकार डिपी खनालको सुमधुर स्वर सुन्न सकिन्छ । रोमाञ्चक शैलीको यस गीतलाई शङ्कर थापा ‘स्माइल’ ले सङ्गीतवद्ध गर्नुभएको हो । गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ ।
‘यस्तै मायाको यो मौसम फेरि आउला, न आउला’, ‘दिलमा उस्तै प्रेमको आभास होला, नहोेला’, ‘भेटी नै सकियो त हामी साथ नछुटोस्’, ‘पाइसकेको यो मौका फेरि नगुमोस्’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् ।
मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोमा सुधीर श्रेष्ठ र जुना कार्कीको अभिनय हेर्न सकिन्छ । इलाम र झापाका मनोरम दृश्यमा सुजन श्रेष्ठले भिडियोको छायाङ्कन गर्नुभएको हो । दिन्शन शाहले भिडियो सम्पादन गर्नुभएको हो । मोडल सुधीरको युट्युब च्यानल ‘सुधीर श्रेष्ठ सिर्कार’ मार्फत् भिडियो सार्वजनिक गरिएको जनाइएको छ ।
भिडियोबाट थप समाचार
‘प्रेम गीत ३’को नयाँ गीतको भिडियो सार्वजनिक
गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ सार्वजनिक
नागिन ६ मा नयाँ ट्वीस्ट, यसरी भयो यतिको ‘इन्ट्री’
‘लालसिंह चड्डा’ र ‘रक्षा बन्धन’ एकसाथ प्रदर्शन हुँदै
मायाको मौसम’ म्युजिक भिडियो सार्वजनिक
नेपालले दोस्रो टी २० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दै
आजदेखि तेस्रो सम्मेलन सुरु
डेढ किलो सुन सहित १ करोड रुपैयाँ बरामद
तत्काल पानी पर्ने सम्भावना छैन ः मौसमविद्
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८