TRENDING

चलचित्र ‘फर्की फर्की’ नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन हुने

काठमाडौं । अनमोल केसी स्टारर फेन्टासी ड्रामा ‘फर्की फर्की’ नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने भएको छ । निर्माता कम्पनी रोहित अधिकारी फिल्म्सले बुधबार विज्ञप्ति जारी गर्दै जेठ ११ गते यो फिल्म डायस्पोरामा पनि प्रदर्शन हुने जनाएको हो ।

सोहीअनुसार अहिलेसम्म हङकङ, अष्ट्रेलिया, जापान र दक्षिण कोरियाको प्रदर्शन अधिकार विभिन्न वितरण कम्पनीलाई प्रदान गरिएको जनाइएको छ । दक्षिण कोरियाको राइट नमस्ते फ्याफुल्ला नेपाल र कोरियन इन्टरटेनमेन्ट प्रालिले खरिद गरेको छ ।

जापान राइट सुवास लामिछाने, अष्ट्रेलियाको ब्ल्याक आइ क्रियसन र हङकङको राइट ओपीजी क्रियसनले खरिद गरेको उल्लेख छ । भारतमा यो फिल्मलाई सुष्मा प्रोडक्सनले रिलिज गर्नेछ । उत्तर अमेरिका र मध्यपूर्वको राइट बिक्री हुन बाँकी रहेको निर्माता रोहित अधिकारीले जनाए ।