TRENDING

ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला

काठमाडौ । शनिबारदेखि काठमाडौँको ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ने भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यी दुई क्षेत्र पूर्णकालीन समय खुलाउने कार्यक्रमको शनिबार घोषणा गरेका हुन् ।
ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डको संयुक्त आयोजनामा ठमेलमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेले सो क्षेत्र २४ सं घण्टा खुल्ने घोषणा गरे ।

ठमेल र दरबारमार्गका बजार पूर्णकालीन समय सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले मापदण्ड, आचारसंहिता र सुरक्षा योजना जारी गरेको छ ।