TRENDING

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको एक लाख २४ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार पाँच सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार पाँच सय २० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।