TRENDING

शेयर बजार झन्डै ११ अङ्कले घट्यो

काठमाण्डौ । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । हिजो नौ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० विन्दुमा झरेको छ ।

आज उत्पादन र व्यापारबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, फाइनान्स, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सिङ्गटी हाइड्रो इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मान्डु हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले बढेको छ ।

बजार घटेको दिन तीन सय आठ वटा कम्पनीको ८६ लाख ९६ हजार कित्ता शेयर तीन अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको १२ करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भयो ।