TRENDING

४० देशका नागरिकको आँखामा तिलगंगाको लेन्स

काठमाडौँ । गत बिहीबार डा. सन्दुक रुइतलाई भेट्दा उनमा एक प्रकारको छटपटी देखिन्थ्यो । सधैं हँसिलो देखिने उनको मुहारमा गम्भीर चिन्तनको थकान थियो । डा.रुइतमा अहिले वार्षिक साढे चार लाख लेन्स उत्पादन गर्ने ल्याब्रोटरीलाई मुनाफा वितरण नगर्ने तर आर्थिक रूपमा दिगो उद्योग बनाउने हुटहुटी जागेको छ । नवीन जीवनलाई संसारमा ल्याउँदा एउटा आमामा हुने ‘प्रसव वेदना’ ले उनलाई पनि गाँजेको छ ।