काठमाडौ । वैदेशिक रोजगारमा रहेकाहरूका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ । आईपीओको नतिजा सीडीएससीको अनलाइन प्रणालीबाट हेर्न सकिनेछ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान आईपीओ बाँडफाँड गर्दै वैदेशिक रोजगारमा रहेर आईपीओमा आवेदन दिएकामध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले बाँडफाँड गरिएको छ ।
उक्त आईपीओ बुक बिल्डिङ विधिमा खुलेको भएकाले यस विधिमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने र बाँडफाँडमा पनि कम्तीमा ५० कित्ता सेयर दिनुपर्ने व्यवस्था भएकाले ५० कित्ताका दरले बाँडफाँड गर्दा थोरै सङ्ख्यामा आवेदक मात्रै समेटिएको कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो । बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भई यस कम्पनीको आईपीओ खुलेको हो ।
पुस २५ देखि माघ १० गतेसम्म वैदेशिक रोजगारमा जाने र प्रभावित स्थानीयका लागि आईपीओ खुलेकोमा प्रभावित स्थानीयको हकमा सम्पूर्ण सेयर बिक्री नभएपछि माघ २५ सम्म आवेदन दिने अवधि लम्ब्याइएको छ । प्रभावितलाई पनि सेयर बाँडफाँड भएपछि मात्रै आम सर्वसाधारणका लागि आवेदन खुल्नेछ ।
अर्थ बाणिज्यबाट थप समाचार
प्रभु केबुलकारले आईपीओ जारी गर्ने
सुनको भाउले आज फेरि राख्यो नयाँ रेकर्ड
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढयो
शेयर बजार झन्डै ११ अङ्कले घट्यो
सुन तोलाको एक लाख ३६ हजार ३ सय
नवौँ राष्ट्रिय पत्रकारिता दिवस आज
ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
आज बागमतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
सन्तानलाई संस्कार कि सम्पत्ति
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८