TRENDING

सुनको मूल्य बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। २ दिन स्थिर रहेको सुनको मूल्य आज सोमबार भने ३०० रुपैयाँले बढेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ। यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो।