TRENDING

सुनको मूल्य तीन दिनदेखि स्थिर

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य विगत तीनदिन आइतबारदेखि स्थिर रहेको हो ।

चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।