TRENDING

बागमती प्रदेशमा एकैपटक ११ सयभन्दा बढी कर्मचारी माग

काठमाडौँ । बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो ।

बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको भनाई छ।