TRENDING

भाइटीका, भाइ र परदेश

तिहारले शहरलाई छोपेको छ। गाउँ र घरलाई छोपेको छ। तिहार आएसँगै टाढा भएका दाजुभाइ र दिदी–बहिनीको भेटको योजना बन्छ। खोजी हुन्छ। विशेषत भाइटीका र भाइरदाइ एकअर्काका परिपूरक हुन्। पर्याय हुन्। तर कहिलेकाहीं अपवादको नियम यसमा पनि लागू हुँदोरहेछ। र भाइ विनाको भाइटीका अनि भाइटीका विनाको भाइ आउँछ। समय न हो। ऊ आफ्नै बाटोमा आउँछ, जान्छ। उसलाई के थाहा भाइटीका र भाइ सँगै आउनुपर्छ भनेर।

दशैं९तिहार आउनलाई केही गर्नै नपर्ने। केही किन्नै नपर्ने। कहीं जानै नपर्ने। जस्तो किस् शरद ऋतुका मधेशका दिन। दिउँसो घाम भए पनि बिहान९बेलुका अलि९अलि चिसो, ओछ्यानैसम्म निद्रा ब्युँझाउन आइपुगेको पारिलो घाम, खेतमा लहलह झुलेका धानका बाला, खेतका आलीमा हिंड्नै नमिल्ने गरी लगाएका मासका बुट्यान अनि तिनका पातमा तप्प९तप्प खसेका शीतका थोपा। बटुवाका दशैंवाला गफ, घरमा पालेका कुखुरा र खसी दशैंको लागि गरिने जोगाड, मालश्री धुन र मनमोहक सुवास यी सबैले चाडबाड आएको संकेत दिने।

चाडबाड नजिकिंदै गर्दा यिनै विम्ब सम्झिंदा हुन् विदेशमा पनि। मान्छे जिम्मेवारी, सपना र कर्तव्य सहितको प्राणी हो। जसलाई पूरा गर्ने सबैका बाटा फरक होलान्। माध्यम अलग होलान्। विधि अलग होलान्। तर मानिस बाँचुञ्जेल ती कर्तव्य पूरा गर्न जिम्मेवारीको उडान उड्छ। फैलन्छ। अक्सर, त्यो उडान भर्ने जिम्मा चाहिं भाइहरुको नै हुनेरहेछ। दाइहरुको नै हुनेरहेछ। चाहे त्यो विदेशको होस् या स्वदेशको। सबै दायित्व वहन चाहिं दाइरभाइहरुले नै गर्नुपर्ने रहेछ । यो नियम कसले बनायो त्यतातिर नजाउँ अहिले। तर नेपाली समाजमा हर घरका दाइ र भाइहरु आफ्नो र परिवारको इन्द्रेणी सपना खोज्न उड्छन् समुद्र पारिको देशमा। तिनै सपनाको भागदौडमा यता छुटेका सपना भने यतै छट्पटाउँछन्। विचल्ली बन्छन्।

सबैका भाइरदाइहरु जस्तै मेरो भाइ पनि सपनाको उडान भर्न गयो। भाइ गएसँगै दिदीभाइको झगडा पनि गयो। चटपटे ल्याइदिस् भने तेरो कलेजको ड्रेस धोइदिन्छु नत्र त ‘उई’ वाला ‘ब्ल्याकमेल’ नि गयो। उसका गर्लफ्रेण्डका अनगिन्ती गसिप सबै गए। घर थर्काउने हाँसोको तरंग नि गयो। तर, हरेक वर्ष आउने भाइटीकामा भने सबै ताजा बनेर आउँछन्। अझै पनि वर्षौं पहिले उसले घरको भित्तामा टाँसेको ‘बब मार्ली’ को फोटोमा लागेको धुलो तिहार आएसँगै पुछ्छु। उसले लगाउने गरेका थरीथरीका मालाको संकलन दराज खोलेर हेर्छु। छाडेर गएका दुई चारवटा उसका लुगा घर सरसफाइको निहुँमा यताको उता उताको यता सार्छु। असंख्य झगडाका फेहरिस्त आलो बनेर आँखै अघि नाच्छन् तिहार आएसँगै। मलाई कति कुट्थिस् तँ‘ भन्दै भाइ छेवैमा भए जसरी मुस्कुराउँछु। इन्टरनेट युगमा छिन९छिनमा बोल्न केले छेक्छ र १ भाइले ‘सोल्टी’ ९जिस्केर भाइले सोल्टी भन्छ० के छ भनेर हरदिन फोन गर्छ। तर ‘भर्चुअल’ संवादले भूगोल नजिक्याउने रहेनछ। नजिक्याए जस्तो भ्रम छरेर झन् झन् टाढा बनाउने पो रहेछ। अनलाइन खबरबाट साभार