TRENDING

निफ्राले ४ प्रतिशत नगद लाभांश दिने

काठमाडौ । पूर्वाधार विकास बैंकले ४ प्रतिशत नगद लाभांश दिने भएको छ । सोमबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४.२१०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

आर्थिक वर्षको नाफाबाट कूल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीबाट ४.२१०५ प्रतिशत बराबर ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ नगद लाभांश करसहित वितरण गरिने निफ्राले जनाएको छ ।

उक्त लाभांश बैंकको आगामी साधारणसभाबाट पारित भएपनि केन्द्रीय बैंकको स्वीकृतिपछि सेयरधनीहरुमा वितरण हुनेछ ।