TRENDING

सेयर बजारसहित बैंक तथा वित्तीय संस्था आज बन्द हुने

काठमाडौ । सोमबार सेयर बजार बन्द हुने भएको छ । सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकाले आज सेयर कारोबार नहुने भएको हो । आइतबार बजार २२.७५ अंकले बढेर २०२६.८१ अंकमा बन्द भएको थियो ।

यसैगरी, काठमाडौं उपत्यकाको बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुने भएको छ । सेयर बजार अब मंगलबार चैत २७ गते बिहान ११ बजे खुल्नेछ ।