TRENDING

एभरेष्ट बैंकको नाफा बढ्यो

काठमाडौ । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो चैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चैतमसान्तसम्मको वित्तीय विवरणअनुसार दुई अर्ब ६० करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो नाफा गत वार्षको सोही अवधिको तुलनामा ५।७७ प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तसम्म बैंकले दुई अर्ब ४६ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले पाँच अर्ब ६३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले पाँच अर्ब ५८ करोड ७२ लााख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले खराब कर्जा सन्तुलनमा राखेको देखिएको छ । गत वर्षको चैत मसान्तसम्म ०।७० प्रतिशत रहेको खराब कर्जा यो वर्षको सोही अवधिमा पनि ०।७० प्रतिशत नै कायम भएको छ ।