TRENDING

सुनचाँदीका सिक्का किन्नेको लाइन

काठमाडौ । भक्तपुर थिमीकी रोशनी दले टक्सार महाशाखा बबरमहलमा बिहानदेखि सुनको सिक्का किन्ने लाइनमा बसिरहनु भएको छ । झण्डै एकरडेढ घण्टापछि उहाँको पालो आयो । उहाँले सुनको ५ ग्राम र २ दशमलव ५ ग्रामको एउटारएउटा सिक्का किन्नुभयो ।

लाइन व्यवस्थित नभएको उहाँको गुनासो छ । ‘बीचबाट कोही आउनु भएन मिलाएर पठाइरहनु भएको थियो । टोकन सिस्टम गरिदिएको भए राम्रो हुन्थ्यो । सजिलो हुन्थ्यो । पहिलेदेखिको यो सिस्टम अहिले पनि यस्तै रहेछ’ उहाँले भन्नुभयो ।

सुनको पाँच ग्रामकोे ५१ हजार र चाँदीको १० ग्रामको १६ सय रुपैयाँ गरी उहाँले ५२ हजार ६ सय रुपैयाँको सिक्का किन्नुभयो । उहाँले सुन र चाँदीका यी सिक्का तिहारमा लक्ष्मीपूजाका लागि भनेर किन्नु भएको हो ।