TRENDING

असोजभित्रै ४० प्रतिशतभन्दा बढी आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले सस्तो ब्याजदरको फाइदा उठाउँदै पहिलो त्रैमासमा नै करिब १ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । विगतका आर्थिक वर्षमा दोस्रो त्रैमासपछि मात्रै आन्तरिक ऋण उठाउने गरेकोमा चालु आर्थिक वर्षम भने सरकारले पहिलो त्रैमासदेखि नै धमाधम आन्तरिक ऋण उठाइरहेको छ ।

१५ जेठमा अर्थमन्त्री डा। प्रकाशशरण महतले संघिय संसदमा पेश गरेको चालु आर्थिक वर्षको बजेटमा २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्ने उल्लेख थियो ।
सरकारले आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्न लिएको वार्षिक लक्ष्यको ४० प्रतिशतभन्दा बढी आन्तरिक ऋण असोजभित्रै उठाउन लागेको हो ।

नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बोलकबोलमार्फत १९ असोजसम्म ८२ अर्ब ३१ करोड र ट्रेजरी बिल बोलकबोल मार्फत ५ अर्ब गरी ८७ अर्ब ३१ करोड आन्तरिक ऋण परिचालन गरिसकेको छ ।