TRENDING

मानिस स्वस्थ हुन मानसिक स्वास्थ्य पनि स्वस्थ हुनुपर्छ’

‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाउने गरिएको छ।

त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभागको प्रमुखमा डा सरोज ओझाका अनुसार मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वस्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ ।

युद्ध, अशान्ति, आर्थिक सङ्कट, बेरोजगारी र कतिपय सम्बन्धले मानिसमा निरासा, रिस, द्वेषलगायत विभिन्न कारणले मानसिक स्वास्थ्यमा नकरात्मक प्रभाव पर्न सक्ने डाक्टर ओझाले बताउनुभयो । उहाँका अनुसार व्यक्ति आफूले यस्ता तनाव वहन गर्ने क्षमता बढाउनुुपर्छ, आफू प्रतिकूल परिस्थितिलाई स्वीकार र सामना गर्न क्षमता विकास गर्नुपर्छ ।

दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उहाँ बताउनुहुन्छ । मानसिक स्वास्थ्यमा समस्या देखिए उपचार र परामर्शमा जान उहाँको सुझाव छ । बेलैमा उपचार र परामर्शमा गए मानसिक समस्यालाई निको पार्न सकिन्छ ।

सरकारले मानसिक स्वास्थ्य परामर्श र औषधि निःशुल्क वितरण गर्दै आएको छ।