TRENDING

विद्युतीय चुलोको आयातसँगै प्रयोग पनि बढ्यो

काठमाडौँ । घरमा दुईवटा विद्युतीय चुलो हुँदाहुँदै नयाँ बानेश्वरकी सरिता सुनुवारले ग्यास प्रयोग गर्न छाडेकी छैनन् । ‘एउटा इन्डक्सन तातोपानी तताउन मात्रै प्रयोग गरिन्छ भने अर्को इन्डक्सन थन्किएको वर्ष पुग्न लागिसक्यो,’ उनले भनिन्, ‘इन्डक्सनका भाँडाकुँडा महँगो हुँदा किनेर चलाउन सक्ने अवस्था छैन ।’ त्यहीमाथि जुनसुकै बेला बत्ती आउनेरजाने हुँदा ग्यास पूर्णरूपले छाड्न नसक्ने अवस्था रहेको उनले सुनाइन् ।

‘२र३ लिटरको राम्रो कुकर किन्न खोज्दा २५ सयभन्दा बढी पर्छ, इन्डक्सनलाई छुट्टाछुट्टै भाँडा चाहिन्छ,’ उनले भनिन्, ‘इन्डक्सन पनि बत्ती नहुँदा काम लाग्दैन । त्यसपछि ग्यास नै चाहिन्छ । त्यही भएर इन्डक्सनका भाँडा नै किनेकी छैन ।’ प्रविधिको गुणस्तर नहुँदा बूढानीलकण्ठस्थित पासीकोटकी पारु घिमिरे पनि दिक्क छिन् । इन्डक्सन कम्पनीकै मर्मत केन्द्र नहुँदा जथाभावी बनाउनुपर्ने समस्या रहेको उनले बताइन् । ‘कोभिडका बेला चिनियाँ कम्पनीको इन्डक्सन चुलो किनें, उम्लेको दूध पोखिएपछि बिग्रन थाल्यो,’ उनले भनिन्, ‘दूध पसेपछि चुलोभित्रको पंखा बिग्रने र फोहोर जम्ने समस्या बढ्यो । त्यसपछि महिनैपिच्छे बनाउनुपर्ने भयो ।’

इन्डक्सन बनाउँदा बनाउँदा हैरान भइसकेकाले इन्फ्रारेड किनेको उनले सुनाइन् । ‘फुर्सद हुँदा इन्डक्सनमा मात्रै र ढिला हुँदा ग्यासमै पकाइन्छ,’ उनले भनिन्, ‘बत्ती नहुँदा त ग्यास नै हो । बत्ती पर्खने कुरा नै भएन । त्यसैले ग्यास छाड्नचाहिँ सकिन्न ।’

एलपीजी ग्यासको खपत घटाउन भन्दै सरकारले विद्युतीय चुलो ९इन्डक्सन, इन्फ्रारेड० लाई प्रोत्साहन गर्दै आएको छ । सोही नीतिअनुरुप बर्सेनि विद्युतीय चुलोको आयात बढ्दै गएको छ । यद्यपि उपभोक्ताले विद्युतीय चुलो मात्रै पूर्णरूपमा प्रयोग गर्न सकेका छैनन् । त्यसकारण उपभोक्ताले विद्युतीय चुलो र ग्यास दुवै प्रयोग गरिरहेका छन् । बिजुलीको विश्वसनीयता बढ्न नसक्दा विद्युतीय चुलोको प्रयोगसमेत बढ्न नसकेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेलले जनाए ।