TRENDING

ग्लोबल आईएमई बैंकले ल्यायो क्यूआर कोडमार्फत् गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्लेको सेवा

काठमाण्डौ । ग्लोबल आईएमई बैंकले स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत् गरिने भुक्तानी पुष्टि हुने सुविधा ल्याएको छ ।

बैंकले क्यूआर कोडमार्फत् गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्लेसहितको सेवा ल्याएको हो ।

यो योजनासँगै ग्लोबल आईएमई बैंकका ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टि एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भ्वाइस मेसेजमार्फत् दिने बैंकले जनाएको छ । ग्राहक र व्यापारीबीच हुने सम्पूर्ण प्रक्रियालाई यसले सुविधाजनक बनाउने विश्वास लिइएको छ ।

अब ग्राहकहरुलाई भुक्तानी प्राप्त भएको मेसेजका लागि कुर्नु नपर्ने र व्यापारीलाई पनि भुक्तानी भएको समयमै जानकारी प्राप्त हुने बैंकले जनाएको छ ।