TRENDING

नेपाल टेलिकमको झण्डै १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायो

काठमाण्डौ । नेपाल टेलिकमको ५० रुपैयाँ दरका झण्डै १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ ।

‘नमस्ते ब्राण्डको रिचार्ज कार्ड’ ढुवानीका क्रममा हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहल काठमाण्डौले जनाएको छ ।

निर्देशनालयले आज सार्वजनिक सूचना निकालेर सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएको जनाएको छ ।

ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि निर्देशनालयले अनुरोध गरेको छ ।