TRENDING

शेयर बजार २५ अङ्कले बढ्यो, ३ अर्ब १८ करोड रुपैयाँको कारोबार

काठमाडौ । हिजो मङ्गलवार साढे चार अङ्कले घटेको शेयर बजार आज बुधवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ विन्दुमा पुगेको छ ।

आज फाइनान्स र होटलबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज शिवश्री हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, रिभर फल्स पावर, शुभम् पावर, लक्ष्मी इक्युटी फन्ड र एनआईसी एसिया फन्डको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज रावा इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

हिजो दुई अर्ब ८५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ८५ लाख चार हजार कित्ता शेयर तीन अर्ब १८ करोड ७६ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३३ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भयो ।