TRENDING

सेयर बजारमा ४.७३ अंकको गिरावट, कारोबार रकम २ अर्ब ८५ करोड

काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ४.७३ अंकले गिरावट हुँदा २०७२.२४ को विन्दुमा बन्द भएको छ ।

मंगलबार विकास बैंक र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । साथै उत्पादनमूलक र म्युचुअल फण्ड उपसूचक बढेपनि अन्य अधिकांश उपसूचक घट्दा नेप्सेमा सामान्य गिरावट भएको हो ।