TRENDING

शेयर बजार २८ अङ्कले बढ्यो

काठमाडौ ।
हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २८ दशमलव ३८ अङ्कले बढेर दुई हजार ७७ दशमलव ७६ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर सामान्य बढेको छ । आज रावा इनर्जी कम्पनीको शेयर १० प्रतिशत तथा सिटी होटलको शेयर साढे नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको शेयर साढे छ प्रतिशत र बीपीडब्ल्यू लघुवित्तको शेयर साढे चार प्रतिशतले ओरालो लागेको छ ।

आज दुई सय ८७ वटा कम्पनीको शेयर ८३ लाख ५२ हजार कित्ता शेयर तीन अर्ब चार करोड २५ लाख रुपैयाँमा किनबेच कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको १८ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।