TRENDING

ट्रेजरी बिलमार्फत साढे २९ अर्ब आन्तरिक ऋण उठाइँदै

काठमाडौँ । सरकारले ट्रेजरी बिलमार्फत साढे २९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

यसका लागि राष्ट्र बैंकले आज ९सोमबार० दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । ट्रेजरी बिलमार्फत मात्र सरकारले २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

आन्तरिक ऋणमध्ये २४ अर्ब ६५ करोड ६५ लाख परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलमार्फत र बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको हो ।

यो वर्ष सरकारले नयाँ भन्दा परिपक्व अवधि पूरा भएका पुराना ट्रेजरी बिल पुनस् बिक्री गरिरहेको छ । सोही क्रममा सोमबार पनि साढे २४ अर्बको पुरानो ट्रेजरी बिललाई रोलओभर९पुनः बिक्री० गर्न लागेको हो ।