TRENDING

लगातार तेस्रो दिन घट्यो नेप्से

काठमाडौं । लगातार तेस्रो दिन पनि सेयर बजार उच्च अङ्‍कले घटेको छ । गत साता बुधबारदेखि घट्न थालेको नेप्से सोमबार २१.३२ अङ्‍कले घटेजर २०७५.९७ विन्दुमा झरेको छ । यो १.०२ प्रतिशतको गिरावट हो । सोमबार २७६ धितोपत्रको ६४ हजार ८६८ कारोबारबाट ९४ लाख १८ हजार ९५२ कित्ता कारोबार भएको छ ।

घटेको बजारमा लगानीकर्ताले सेयर बिक्री गर्न नचाहेको देखिएको छ । त्यसो हुँदा सोमबार कारोबार रकम ४ अर्ब ५ करोड १० लाखमा सीमित भएको छ । यसले किन्न चाहने लगानीकर्ता पनि पर्ख र हेरको स्थितिमा रहेको देखिन्छ ।

होटल र टुरिजम तथा व्यापार उपसूचकका लगानीकर्ताले कमाए भने अरु सबै उपसूचकका लगानीकर्ताले गुमाएका छन् । सोमबार सीवाईसी नेपाल लघुवित्त, बीपीडब्लू लघुवित्त, सिटी होटलसहितका धितोपत्रका लगानीकर्ताले धेरै कमाए ।