TRENDING

२१० नेपालीलाई मलेसियाबाट फर्कन दबाब

काठमाडौँ । मलेसियाको जोहोरबारुस्थित क्वाङ ली इन्डस्ट्रिज कम्पनीले दुई सय १० नेपाली श्रमिकलाई फर्कन दबाब दिएको छ । चर्चित अन्तर्राष्ट्रिय ‘सिमानो’ ब्रान्डका साइकल उत्पादन गर्ने कम्पनीले राजीनामा दिएर स्वदेश फर्कन दबाब दिइरहेको हो ।

कम्पनी व्यवस्थापनले लामो समय बेतलबी बिदामा बस्न वा कम्पनी छाडेर जान स्वैच्छिक राजीनामाका लागि दबाब दिएको पीडितहरूको भनाइ छ । नेपाली कामदारलाई काठमाडौंस्थित वर्ल्डवेज म्यानपावर इन्क कम्पनीले पठाएको थियो । कम्पनीमा नेपाली, बंगाली र म्यानमारका ५ सय श्रमिक कार्यरत छन् ।

सुनसरीका देवानन्द प्रतापका अनुसार कम्पनीमा पुराना नेपाली १०–२० जना मात्रै छन् । कोही ६ महिनाअघि त कोही दुई महिनाअघि मात्रै पुगेका हुन् । ‘कम्पनी व्यवस्थापनले जुन २१ देखि जबर्जस्ती राजीनामा गर्न लगाइरहेको छ । हामी स्वच्छोले नेपाल फर्कन चाहेको हो भन्न लगाएर भिडियो खिच्ने काम भइरहेको छ,’ उनले भने, ‘हामीलाई कि बेतलबी बिदामा बस कि कम्पनी छाडेर फिनिस जाऊ भनिरहेको छ ।’

लाखौं रकम तिरेर आएकाले ऋण नतिरी रित्तो हात स्वदेश फर्कन नसकिने पीडित श्रमिकहरूको भनाइ छ । ‘मलेसिया आउँदा तीन लाख २५ हजार एजेन्टलाई बुझाएँ । आएदेखि कहिल्यै पनि महिनाको २६ दिन काम लगाएको छैन । कसैलाई महिनाभरको तलब दिएको छैन,’ देवानन्दले भने, ‘यता आउँदाको ऋणको मासिक २४ प्रतिशत ब्याज बुझाइरहेको छु । अब कुन मुख लिएर घर जानु