TRENDING

नवलपुरमा बस दुर्घटना, २३ जना घाइते

नवलपरासी । पूर्वी नवलपरासीमा गएराति काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटनामा परेको छ। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका – ११ मा ना७ख ४१५ नम्बरको बस ब्रेक फेल भई सडकबाट दाहिने साइडमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

बसमा सवार ५० जना मध्ये २३ जना घाइते भएका छन्। घाइतेहरूको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ। बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते पाँच जनलाई थप उपचारका लागि भरतपुर पठाइएको छ। अन्य सामान्य घाइतेलाई उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।