TRENDING

गण्डकीको मुख्यमन्त्री कार्यालयबाटै ५ जना कर्मचारी पक्राउ

कास्की । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट आइतबार ५ कर्मचारी पक्राउ परेका छन । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिकाका लेखा महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेललगायत रहेका छन । अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा मुख्यमन्त्रीको कार्यालयमा विरोध तथा धर्ना बस्ने क्रममा उनीहरू पक्राउ परेका हुन । उनीहरूले प्रदेश सरकारले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्नसमेत रोकेको भन्दै कार्यालय हाताभित्रै विरोध जनाएका थिए ।