TRENDING

लुम्बिनी जनरल इन्सुरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सले ९.५५ बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत असार १४ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । लुम्बिनी जनरलको असार २९ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९।५५ बोनस सेयर र कर तिर्न ०।४८ ५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।