TRENDING

खप्तड लघुवित्तको आईपीओ भर्नुभयो ? आज अन्तिम दिन

काठमाडौं। गत भदौ ८ गते बिक्री खुल्ला गरेको खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आइतबार (आज)अन्तिम दिन हो । लघुवित्तले प्रतिशेयर १०० रुपियाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपियाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको हो । कूल निष्काशन मध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।

उक्त कम्पनीको आईपीओमा भदौ १२ गते अर्थात (आज) सम्म लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्म आवेदन दिन सक्ने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपियाँ छ । आईपीओ बाँडफाँटपछि लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपियाँ पुग्नेछ ।

आईपीओ