TRENDING

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँडका लागि मिति तय

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडका लागि मिति तय भएको छ ।कम्पनीको आईपीओ आउँदो आईपीओ मंगलवार अर्थात भदौ ७ गते बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कम्पनीको आईपीओमा १९ लाख ५२ हजार ४६० जना आवेदकले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ७० दशमलव २२ गुणा बढी हो ।

माग भन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण हुनेछ । रितपूर्वक आवेदन दिने ३० हजार ९२१ जनाले मात्रै कम्पनीको सेयर प्राप्त गर्नेछन् । भने बाँकी १९ लाख २१ हजार ५३१ आवेदकको हात खाली हुनेछ ।कम्पनीले साउन २४ गतेदेखि आईपीओ निष्काशन भएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता सेयरमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ