TRENDING
होमपेज
एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित
पोखरा । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक स्थगित भएको हो । बजेट माथि छलफल गर्नका लागि बसेको बैठकमा एमालेले अवरोध गरेको हो । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बजेट बनाउने र प्रस्तुत गर्ने काममा मनपरी गरेकाले एमालेले विरोध गरेको बताए ।
‘नेकपा एमाले सदैव रचनात्मक र सृजनात्मक सहकार्य तयार रहेको छ,’ उनले भने, ‘हामी दिएको साथलाई सत्ता पक्षले कमजोरी ठानेको छ, हामीले देखाएको उदारतामा कमजोरी ठानेर मनमौजी ढंगले आफ्ना कामहरु गर्र्दै गएको छ ।’ प्रदेश सरकारले टुक्रे बजेट बाँडेको प्रति उनीहरुको असन्तुष्टि थियो । बैठक सुरु हुनासाथ एमालेले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेर दलहरुबीच छलफल गरिरहेका छन् ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
अशोज २६, २०७९
डेढ किलो सुन सहित १ करोड रुपैयाँ बरामद
बैशाख १४, २०८१
तत्काल पानी पर्ने सम्भावना छैन ः मौसमविद्
बैशाख १४, २०८१
कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ९१ हजार परीक्षार्थी
बैशाख १३, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८