TRENDING

सल्यानमा सडकबाट २ सय मिटर तल खस्यो बस, ११ जनाको मृत्यु, केहीको अवस्था गम्भीर

सल्यान । सल्यानमा बस दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।

जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ना २ ख २५५२ नं को बस आइतवार बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो ।

मृतकको संख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परी ६ जनको घटनास्थलमा र अन्यको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुईजना बालबालिका पनि छन् । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरिहेको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी घाइते भएकाको जिल्ला अस्पताल सल्यान, श्रीनगर सल्यान तथा दाङको तुलसीपुर अस्पतालमा उपचार भइरहेको छ ।

बस सडकभन्दा २०० मिटर तल खसेको छ । बसमा करीब ४० जना यात्रु रहेको अनुमान गरिएको छ ।

accident