TRENDING

रावणको निधन

काठमाडौं । रामानन्द सागरद्वारा निर्मित बहुचर्चित धार्मिक टेलि सिरियल रामायणमा रावणको भूमिका निभाएका वरिष्ठ अभिनेता अरविन्द त्रिवेदीको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको छ।

अभिनेता त्रिवेदी केही समयदेखि अस्वस्थ थिए। उनलाई हृदयघात भएको थियो। उनका भतिजा कौस्तुभ त्रिवेदीले उनी धेरै समयदेखि ठीक नभएको बताउँदै उनि हृदयघातको शिकार भएको र अन्य अंगले पनि काम नगरेको बताए। उनको अन्तिम संस्कार मुम्बईको कांदिवली पश्चिमको दहानुकरवाडी शवदाहगृहमा हुनेछ।

अभिनेता त्रिवेदीले रामायणको चरित्रलाई अमर बनाएका थिए। जसमा अरुव गोविल, दीपिका चिखलिया र सुनिल लाहिरी क्रमशः राम, सीता र लक्ष्मणको भूमिकामा थिए। यो रामायण सिरियल सन १९८७ मा पहिलो पटक भारतीय टेलिभिजनबाट प्रसारण भएको थियो। सन २०२० मा कोभिडको महामारीको बेला यो सिरियल पुन टेलिभिजनमा प्रसारण भएपछि पुन लोकप्रिय्र भएको थियो। नेपालमा पनि नेपाल टेलिभिजनले आफ्नो स्थापनाको प्रारम्भिक दिनहरुमा रामायण प्रसारण गरेको थियो।

रामायण बाहेक अरविन्द त्रिवेदीले विक्रम और बेटाल मा महत्वपूर्ण भूमिका निभाएका थिए। उनले लगभग २ सय ५० वटा फिल्महरुमा अभिनय गरेका छन। उनले मुख्यतः गुजराती फिल्म बढी कार्य गरेका थिए। उनले सन १९९१ देखि सन १९९६ सम्म सांसदको रूपमा सेवा गरेर राजनीतिमा सक्रिय भएका थिए