TRENDING

सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण

धादिङ । नेपाल सरकारले वितण गर्दै आएको सामाजिक सुरक्षा नगदमा दिने गरिएकोमा धादिङ ज्वालामूखी गाउँपालिकामा भने  बैंकिङ प्रणालीबाट वितरण शुरु गरिएको छ । सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सेवा इकाई, ज्वालामूखी गाउँपालिकाले एक सफल कार्यक्रमको अभ्यास गरेको हो ।

यस इकाई अन्र्तगत प्रदान गरिने सेवाहरुमा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता व्यवस्थित गर्ने कार्य प्रमुख कार्य बन्न सफल समेत भएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको फोटो सहितको तीन पुस्ते विवरण व्यवस्थित हुने हुँदा झुट्ठा विवरण पेश गर्ने र दोहोरो भत्ता लिनेहरुको पहिचान भई भत्ता वितरण गर्ने काम सुव्यवस्थित भएको छ । यसले आगामी दिनमा बैंकिङ प्रणालीबाट व्यवस्थित रुपमा कार्यहरु गर्ने अभ्यासको विकासमा महत्वपूर्ण थालनी हुने विश्वास लिइएको छ ।

ज्वालामुखी गाउँपालिका भित्रका लाभग्राहिलाई भत्ता वितरणका लागि नेपाल सरकारको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७६।७७ मा ६६ अर्व २२ करोड १७ लाख ५२ हजार खर्च भएको छ भने यस चालु आ.व. मा ६७ अर्व ५० करोड वजेट विनियोजन भएको छ । राज्यकोषको ठूलो धनराशि खर्च हुने भत्ता वितरण कार्यक्रमलाई व्यवस्थित बनाई यसमा हुन सक्ने अनियमितता र सबै प्रकारका चुहावट रोकी पारदर्र्शी र प्रणालीमा आधारित बनाउन सामाजिक सुरक्षा भत्ताको भुक्तानी बैंक खाता मार्फत मात्र गर्नु पर्ने सरकारको नीतिगत व्यवस्था भए अनुसार आ.व. ०७७।७८ को पहिलो चौमासिक देखि लागू हुने गरी मेंगा बैैंक साधभञ्ज्याङ शाखासँग सम्झौता गरी पहिलो चौमासिकको भत्ता वितरण गरिएको छ ।

यसरी बैंकिङ प्रणालीबाट भत्ता वितरण गर्दा लाभग्राहीको अवस्थालाई ध्यानमा राखि प्रत्येक वडा र केही शाखा ठाँउबाट जो हिडडुल गर्न नसक्ने ९० वर्ष माथिका ज्येष्ठ नागरिक¸ पुर्ण अपाङ्गता भएका व्यक्ति¸अति अशक्तता प्रमाणित भएको व्यक्ति र आफ्नो हेरचाह आफै गर्न नसक्नेहरुका लागि सरल रुपमा घरदैलोमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीसम्म पु¥याउन विशेष व्यवस्था समेत मिलाइएको थियो ।

नेपालमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रममा स्थानीय तहदेखि केन्द्रीय स्तरसम्म गुनासो दर्ता, सुनुवाई र अनुगमनको लागि संस्थागत व्यवस्था छ । यद्यपी प्रविधिको प्रयोग, नागरिकको सहज पहुँच र सम्बन्धित निकायको जवाफदेहिता सुनिश्चित गर्ने संयन्त्रको भने अभाव देखिन्छ । यिनै समस्याको निराकरणका लागि ज्वालामुखि गाउँपालिकामा पालिका स्तरीय एवं सबै वडामा वडा स्तरिय गुनासो सुनुवाई समिति गठन गरीएको छ ।

स्थानीय तहदेखि केन्द्रसम्म गुनासो सुनुवाई संयन्त्रको व्यवस्था गर्ने र उक्त संयन्त्र मार्फत घटना दर्ताका सेवाग्राही तथा सामाजिक सुरक्षाका लाभग्राहीको गुनासो सुनुवाईमा पहुँच बढ्ने विश्वास लिइएको छ । साथै गुनासोको दर्ता तथा सुनुवाईको प्रगतिको सूचना गुनासोकर्तामा आवधिक रुपमा पुग्ने, गुनासोको सुनुवाई तोकिएको समयावधि भित्र हुने, गुनासोको प्रकार, दर्ता तथा सुनुवाईको प्रगतिको आधारमा केन्द्रबाट व्यवस्थापन सूचना प्रणाली मार्फत गुनासो प्रणालीबाट अनुगमन तथा मूल्याङ्कन गर्न मिल्ने छ । गाउँपालिका स्तरीय गुनासो सुनुवाई समितिमा प्रमुख प्रशासकीय अधिकृत संयोजक र तथा वडास्तरीय गुनासो सुनुवाई समितिमा वडा अध्यक्ष संयोजक रहने व्यवस्था छ ।