TRENDING

११ अर्ब ५९ करोड बराबरको आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डले दियो अनुमति !

काठमाडौं । पूँजी बजारमा लगानीकर्ताको बढ्दो आकर्षण छ । नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।पछिल्लो समय दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।

यसैविच नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ५९ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।
बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो ।

उक्त प्रतिवेदन अनुसार यस अवधिमा बोर्डले ११ अर्ब ८४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब ३० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र २ अर्ब ४८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी २९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

आईपीओ