TRENDING

बजारमा फेरि थपियो चार कम्पनीको १ करोड ७३ लाख कित्ता शेयर, कुनको कति ?

काठमाडौं । शेयर बजारमा यस सातामा १ करोड ७३ लाख १३ हजार ८५४ कित्ता शेयर सूचीकृत भएको छ । यस साता विभिन्न ४ कम्पनीको आईपीओ, बोनस शेयर र हकप्रद शेयर सूचीकृत भएको हो ।

यस साता समता लघुवित्त वित्तीय संस्था र गुडवील फाइनान्सको बोनस शेयर, मल्टीप्रपोज फाइनान्सको हकप्रद शेयर र सिंगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ सूचीकृत भएको हो । जसमध्ये समता लघुवित्तको ३ लाख ८२ हजार २३३ दशमलव ६० कित्ता, गुडवील फाइनान्स ६ लाख ७२ हजार कित्ता बोसन शेयर सूचीकृत भएको हो ।

त्यस्तै, मल्टीप्रपोज फाइनान्स १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद र सिंगटी हाइड्रो इनर्जी १ करोड ४५ लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।

शेयर सूचीकृत